रुपन्देहीमा नर्सहरुलाई एक दिने स्किल डेभलपमेन्ट तालिम



Download our app to get more features

रुपन्देही, ७ पुस । रुपन्देहीका विभिन्न सरकारी सामुदायिक तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई एक दिने स्किल डेभलपमेन्ट तालिम दिइएको छ । 

नेपाल नर्सिङ संघ रुपन्देही शाखाको आयोजनामा नर्सहरुलाई एक दिने स्किल डेभलपमेन्ट तालिम दिइएको हो ।

कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष  तथा  प्रमुख अतिथी  डा तारा शाहले  नर्सहरुले सेवा दिदा मुस्कान सहितको सेवा दिनुपर्ने बताईन ।डा शाहले नर्सहरुको क्षमता अभिबृद्धि गर्न  सरकारले नयाँ किसिमका तालिम दिनुपर्ने समेत बताईन् ।

केन्द्रिय उपाध्यक्ष डा शाहले नर्सिड पेशा अहिले कतातिर गैरहेको  के गरे यसले राम्रो उपलब्धी हासिल गर्न सक्छ भन्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उनको भनाई थियो । तालिममा नान केन्द्रिय सदस्य तथा सुनसरी उपाध्यक्ष खुमा गुरागाईले नर्सहरु आफनो अधिकार को लागी एक हुनुपर्ने बताउदै । नयाँ तालिमका लागी सरकारसंग माग गर्नु पर्ने बताईन ।

नान रुपन्देही शाखा अध्यक्ष कुमारी हरी केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्व्य जमुना पन्थी र संञ्चालन नान जिल्ला सचिव विष्णु पन्थीले गरेकी थिईन । तालिममा १ सय ५ जना नर्सहरुको सहभागिता रहेको पन्थीले बताईन । 

Last modified on 2019-12-23 08:52:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts