धादिङको नेत्रावतीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



Download our app to get more features

काठमाडौं, ६ पुस । धादिङको नेत्रावतीमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । केएमसी पूर्व विद्यार्थी संघ र नेपालका लागि संगसंगै नामक संस्थाको संयुक्त आयोजनामा ०४ र ०५ पुसमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त निःशुल्क स्वास्थ्य शिविरमा शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर,पाटन अस्पताल र किस्टमा कार्यरत चिकित्सकहरु द्वारा बिरामीको परिक्षण गरिएको थियो । साथै शिविरमा निःशुल्क औषधि वितरण समेत गरिएको थियो । 

शिविरमा करिब ४ सय जना बिरामीले सेवा लिएको आयोजक संस्थाका अध्यक्ष डा.अच्युत शाली घिमिरेले जानकारी दिए । यस अघि पनि संस्थाले कोशी टापु,सुनसरी,मुगु,सिराहा र धेरै विकट जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै असक्त,बालक, वृद्ध,विपन्न,पहुँच नभएकाहरुको हकहितमा कार्य गर्दै आएको छ । धादिङ जिल्लामा कार्यक्रम लिएर आउन पाउदा धेरै नै खुशी लागेको कुरा डा. घिमिरेले बताए । निःशुल्क शिविरहरुको आयोजनाले गरिब जनताहरुको स्वास्थ्यमा सुधार आउन सक्ने डा. घिमिरे बताउँछन् । 

शिविरमा एक सय बिरामी बालरोग, एक सय बिरामी नसा तथा हाडजोर्नी सम्बन्धि, एक सय बिरामी महिला तथा स्त्री रोग  र अरु रोगका बिरामीहरु जेनरल रहेको कुरा चिकित्सक टोलीका संयोजक डा.पुरुषोत्तम अधिकारीले बताए ।  

केएमसि बागबजार बाट प्लस टु अध्ययन गरि देश विदेशमा रहेका चौधहजार भन्दा बढी दक्ष डाक्टर,इन्जिनीयर,सिए आदिको छाता संघ रहेको यस आयोजक संस्थाले भविष्यका दिनमा समेत समाजलाई टेवा पुग्ने अनुकरणीय कार्यमा सधै अग्रसर रहने वाचा समेत गरेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts