टिमुरबाट औषधि बनाउन सकिने तथ्य पत्ता लगाएवापत अधिकारीलाई युनेस्कोद्धारा सम्मान

काठमाडौं, ४ पुस । टिमुरबाट डाइवेटिज र व्लड प्रेसरको औषधि बनाउन सकिने तथ्य पत्ता लगाएको भन्दै उपप्राध्यापक तथा युवा वैज्ञानिक अच्युत अधिकारीलाई युनेस्कोले पुरस्कृत गरेको छ ।
युनेस्कोले विकासोन्मुख मुलुकका युवा वैज्ञानिकहरूलाई दिने गरेको पुरस्कारबाट अधिकारी पनि सम्मानित भएका हुन् ।
टिमुरको प्रयोग गरेर मिर्गौलाको सुरक्षा र दाँतको उपचारमा पनि सहयोग पुग्ने अनुसन्धानबाट पत्ता लागेको उनले बताए । पुरस्कारको राशी ५ हजार डलरको रहेको छ।
Last modified on 2019-12-20 17:24:06