नर्सिङ संघको चुनावमा पेशागत प्यानलको २१ बुँदे घोषणापत्र, नर्सलाई पनि स्वास्थ्य सचिव बनाउन पहल गर्ने

काठमाडौं, ४ पुस । पुस ९ गते नेपाल नर्सिङ संघको १९ औं केन्द्रिय कार्यसमितिका लागि निर्वाचन हुदैछ । नर्सिङ संघको यो चुनावमा दुई समुह चुनावमा उत्रेका छन् । एउटा काँग्रेस निकट पेशागत प्यानल हो भने अर्काे नेकपा निकट प्रगतिशिल प्यानल हो । नेपाल भरिका सम्पूर्ण नर्सहरुको हकहित र अधिकारका लागि भन्दै प्राध्यापक मुना थापा मगर नेतृवको पेशागत प्यानल पनि २१ बुँदे प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रिएको छ । सम्पूर्ण नर्सको हक र अधिकारः १९ औं कार्यसमितिमा हाम्रो सरोकार भन्ने मूल नाराका साथ थापाको प्यानल चुनावी मैदान उत्रेको हो ।
प्रा. मुना राना थापाको नेतृत्वमा १३ जना विभिन्न पदका लागि चुनावी मैदानमा छन् । जसमा एक जना पुरुष उम्मेदवार समेत रहेका छन् । वरिष्ठ उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उपाध्यक्षमा विमला कुमारी शाह, महासचिव यशोदा बराल, सचिव जया मिश्र, कोषाध्यक्ष कविता आचार्य रहेको उम्मेदवारी छ । त्यसैगरी सदस्यमा ज्योति रानाभाट, भिमकुमारी श्रेष्ठ, प्रेमा लक्ष्मी खागी, मोहनकुमारी गैर, विणा कुमारी यादव, इजरायल शाह, सीता भुषाल र मीरा गुरुङ रहेका छन् ।
यस्ता २१ बुँदे प्रतिबद्धताहरु
१. नेपाल नर्सिङ संघको सदस्यता विस्तार गर्न आजीवन सदस्य शुल्क समायोजन गरी २५ सय बनाउने साथै अनलाइन स्टिम द्वारा सदस्यता वितरण गर्ने ।
२. निजी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत तलव अन्य सुविधा कम्तिमा सरकारी मापदण्ड बमोजिम गर्ने गराउन सम्बन्धित निकायलाई दवाव दिई त्यस अनुरुप भए नभएको अनुगमन गर्ने ।
३. सरकारी, गैरसरकारी र निजि अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड बमोजिम विरामी र नर्सको अनुपपात कायम गर्ने र रिक्त रहेका दरबन्दीलाई परिपुर्ति गर्न पहल गर्ने ।
४. सरकारी तथा निजि स्वास्थ्य संस्थाहरुमा २४ घण्टा जोखिममा रहेर काम गर्ने नर्सहरुका लागि जोखिम भत्ताको व्यवस्था गर्न पहल गर्ने ।
५. नर्सिङ पेशामा भोलिन्टर प्रथा निर्मूल गर्ने ।
६. नर्सिङ योजना तथा निति निमार्ण तहमा नर्सहरुको प्रतिनिधित्व गर्न र गराउन पहल गर्ने ।
७. त्रि.वि अन्तर्गत नर्सिङ अध्ययन संस्थान स्थापना गर्न जोड दिने ।
८. नेपाल नर्सिङ परिषद्बाट ९सिपिडि० कार्यक्रम अनिवार्य लागि निति बनाउन पहल गर्ने ।
९. पेशागत समस्या परेका नर्सहरुलाई कानुनी सहायताको लागि नर्सिङ हेल्थ डेक्सको स्थापना गरी समस्या समधान गर्ने ।
१०. नर्सिङ सेवाको दायरा फराकिलो बनाउन सरकारी सरह निजी स्वास्थ्य संस्थाहरुमा तालिमको व्यवस्था गर्न पहल गर्ने र गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न, र गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न, इन्ड्रस्टियल नर्स, होमबेश नर्स र जिरियाट्रिक नर्सको व्यवथा गर्न सरकार संग पहल गर्ने ।
११. विशेषज्ञ नर्स लाई विशेषज्ञताको आधारमा पद सृजना गरी पदस्थापना गर्न पहल गर्ने ।
१२. नर्स कार्यस्थलमा हुने हिंसाबाट बचाउनको लागि विशेष कानुन निमार्ण गर्न सम्बन्धित निकायमा पहल गर्ने ।
१३. दातृ निकायहरुसँग सहकार्य गरी, ९नर्सिङ शिक्षा र सेवामा० गर्नको लागि नेपाल नर्सिङ परिषद्सँग पहल गर्ने ।
१४. मातृ मुत्युदर र शिशु मृत्युदर कम गर्न प्रसुतिको चाप बढि भएका अस्पतालहरुमा अस्पतालको हाता भित्र मिडवाइफद्धारा सञ्चालित बर्थिङ सेन्टर खोल्नका लागि पहल गर्ने ।
१५. निजि तथा सरकारी सेवामा कार्यरत नर्सिङ जनशक्तिलाई १२ औं तहसम्म पुर्याउनका लागि दवाव दिने ।
१६. नर्सिङबाट पनि प्रतिनिधित्व हुने गरी स्वास्थ्य सचिव हुनुपर्ने नियमका लागि पहल गर्ने ।
१७. पारदर्शी नर्सिङ संघ स्थापना गर्ने ।
१८. सशक्त युवा नेतृत्व विकास गरी विधान बमोजिम नेतृत्व हस्तान्तरण गर्ने ।
१९. नर्स प्राक्टिसनरको शुरुवात प्राप्त गरेका र अनुभवी नर्सहरुलाई बढुवा गर्न पहल गर्ने ।
२०. न्युनतम शैक्षिक योग्यता प्राप्त गरेका र अनुभवी नर्सहरुलाई बढुवा गर्न पहल गर्ने ।
२१. तयगत नर्सहरुको कार्य विवरण बनाउनको लागि सम्बन्धित निकायसँग पहल गर्ने ।