९८ बर्षको उमेरमा हर्नियाको शल्यक्रिया 

What's This?


Download our app to get more features

काठमाण्डौ, ७ असार । राजधानीको बसुन्धारा स्थित ग्रीनसिटि अस्पतालमा ९८ वर्षीय बृद्धको हर्नियाको सफल सल्यक्रिया गरिएको छ । अस्पतालले सोमबार नुवाकोटका सूर्यलाल श्रेष्ठको सफल शल्यक्रिया गरेको हो । 
अस्पतालका जनरल सर्जन डाक्टर रोमियो कंसाकार र एनेस्थेसिस्ट डाक्टर प्रदिप तिवारी लगायतको टिमले श्रेष्ठको शल्यक्रिया गरेको हो । बयोवृद्ध बिरामीको हर्नियाको सफल शल्यक्रिया गराउन सकेको भन्दै अस्पतालले खुसी व्यक्त गरेको छ । श्रेष्ठको अवस्था अहिले सामान्य रहेको छ । मंगलवार उनलाई वार्डमा सारिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । श्रेष्ठ केही समय देखि हर्नियाको समस्याबाट पीडित भई ग्रीनसिटी अस्पतालमा परिक्षण गराइरहेका थिए । श्रेष्ठका परिवारले अनुमति दिएपछि सोमबार उनको  शल्यक्रिया गरिएको हो । 
 

Last modified on 2016-06-21 15:48:02

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts