नवजात शिशुको मृत्युदर घटाउन प्रदेश ५ सरकारले ४ सय नर्सलाई एसबिए तालिम दिने

रुपन्देही, ३ पुस । नवजात शिशुको मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने उदेश्यले लुम्बिनी प्रादेशीक अस्पतालमा अभिमुखिकरण कार्यक्रमको कार्यक्रम गरिएको छ ।
गोल्डेन कम्युनिटीको आयोजनामा सुधार परियोजनाले उक्त अभिमुखिकरण कार्यक्रम गरेको हो । अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजीक विकास मन्त्री शुदर्शन बरालले प्रसुती सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्री बरालले वर्थिङ सेन्टरहरुको विस्तार, औजार, उपकरण वितरण तथा दक्ष प्रसुतिकर्मी उत्पादनमा आवश्यक बजेट विनियोजन सामाजीक विकास मन्त्रालयले गरेको बताए ।
उनले प्रदेशका प्रसुती सेवालाई प्रभावकारी बनाउनका यसै वर्ष ४ सय नर्सहरुलाई एसबिए तालिम दिने भन्दै लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश रेफरल सेन्टरको रुपमा विकास गर्ने तरिकाले सबै जिल्ला अस्पतालमा आईसीयू सेवा सञ्चालनको तयारी गरेको बताए ।
सबै जिल्लामा आवश्यक आईसीयू भए यहा धेरै आउदैनन आवश्यक रेफरल गर्नुपर्ने मात्र आउने भएकोले आईसीयू सुरु गर्ने तयारी भएको उल्लेख गरे । मन्त्री बरालले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारले गौरबको आयोजनामा समावेश गरेकोले यस्को आवश्यक भौतीक संरचनादेखि सबैको व्यवस्थापन गर्ने बताए ।