गीता आयुर्वेद भवनद्वारा विद्यार्थीलाई न्यानो स्वेटर वितरण



Download our app to get more features

रुपन्देही, २ पुष । गीता आयुर्वेदक भवनले विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । तराईमा सितलहर चलिरहेको बेला बुटवल देविनगरमा रहेको गिता आयुर्बेदकले न्यानो कपडा स्विटर पोशाक वितरण गरेको हो । 

बुटवल उपमहानगरपालिका वडा नं. १४ मा रहेको सरस्वती आधारभूत विद्यालय विनयपुरलाई मा पढ्ने विद्यार्थीलाई जाडोबाट बच्नको लागि केही भएपनि राहात मिलोस भन्ने उदेश्यले पोशाक वितरण गरिएको गीता आयुर्वेदका सञ्चालक गीता सापकोटाले बताईन ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि स्विटर वितरण गरिएको हो । गीता आयुर्वेदकले प्रत्येक वर्ष सामाजिक सेवा अन्र्तगत विभिन्न कार्यक्रम गर्दै सापकोटाले बताईन ।

बुटवल उपमहागनरपालिका वडा नं. १४ का वडा अध्यक्ष दधिराम न्यौपानेको उपस्थितीमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । न्यौपानेले विद्यार्थीलाई नियमित रुपमा विद्यालय जाने वातावरण अभिभावकले घरमा सिर्जना गर्नु पर्ने बताए ।

विद्यालयका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएकोमा उनले धन्यबाद दिँदै विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि वडाले काम गर्दै आएको बताए ।
लुम्बिनी प्रादेशिक आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज गणेश सापकोटाले न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीलाई विद्यालय नियमित जानु पर्छ भन्ने सन्देस दिएको बताए । व्यवसाय गरेको केही रकम सामाजिक सेवामा खर्च गर्न सके मानिसमा आत्मसन्तुष्टी मिल्ने उनको भनाइ छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts