बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारसहित चार जनाविरुद्ध भष्टाचार मुद्दा दायर



Download our app to get more features

काठमाडौं, १ पुस । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान सुनसरीका रजिष्टार तुलबहादुर श्रेष्ठसहित चार जनाविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ । 
विल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको रकम हिनामिना गरी भ्रष्टाचार गरेको उजुरी उपर अनुसन्धान हुँदा रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द्रकुमार मगर र रमेश कुमार खतिवडासमेतको मिलोमतोमा भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरेको आयोगको आरोप छ ।  उनीहरुले पाँच लाख ५० हजार रुपैयाँ ( सरकारी रकम) हिनामिना गरेको प्रमाणित हुन आएकोले कानुन बमोजिम सजाय गरी बिगो कायम गरी हानि नोक्सानी भएको रकम उनीहरुबाट असुलउपर गर्न मागदावी सहित आयोगले विशेष अदालत, काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको छ । 

Last modified on 2019-12-19 15:27:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts