यी हुन् यसै वर्ष स्वास्थ्य संस्था स्थापना हुने वडाहरू

काठमाडौं, २९ मंसिर । सरकारले अघि सारेको एक वडा एक स्वास्थ्य संस्था निर्माण कार्यले गति लिएको छ । आर्थिक वर्ष ०७५/७६ को बजेट भाषणमार्फत स्थानीय तहसँगको लागत सहभागितामा आगामी दुई वर्षभित्र सबै वडामा न्युनतम एक स्वास्थय संस्था स्थापना गर्ने गरी जनंख्या तथा स्वास्थय मन्त्रालयले बजेट वितरण गरेको थियो ।
चालु आव ०७६/७७ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराइने उल्लेख थियो । सोही बमोजिम स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन हुने भएका हुन् ।
गतवर्ष स्वास्थ्य संस्था नभएका वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निमार्ण तथा संचालनसम्बन्धी कार्यविधि, ०७६ संशोधनसहित स्वीकृत भयो । कार्यविधि आएपछि गत आर्थिक वर्ष ०७५/७६ मा १२ सय वडामा र चालु आवमा १३९० गरी जम्मा २५९० वडामा स्वास्थ्य चौकी निमार्ण तथा संचालनको कार्यविधि स्वीकृत भइसकेको छ ।
स्वीकृत कार्यविधि बमोजिम आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न प्रति संस्था पाँच लाख र सम्बन्धित स्थानीय तहबाट निर्माण हुने संस्था टाइप १ को लागत अनुमान ६३ लाख, ४६ हजार ६ सय ३० र टाइप २ को ३८ लाख, ८६ हजार नौ सय २० छ ।
यस वर्ष प्राथमिक स्वास्थ्य केन्द्र निमार्णका लागि छनोटमा परेका वडाहरू
आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सञ्चालन खर्चका लागि विनियोजित बजेट विवरण