महिलाले भन्दा पुरुषले बढी सेवन गर्छन् नुन, कुन प्रदेशमा कति ?
नुन कति खाने ?

काठमाडौं, २९ मंसिर । नेपालमा औषत नुनको सेवन दैनिक ९.१ ग्राम हुने गरेको छ । यो सर्वे स्पट युरिन परीक्षणमा आधारित रहेको छ । जस अनुसार पुरुषले प्रतिदिन ९.६ र महिलाले ८.७ ग्राम नुन सेवन गर्ने गरेका छन् । खानामा नुनको मात्रा नियन्त्रण गर्न सधैं जसो केहि उपाय अपनाउनेको प्रतिशत २.६ रहेको छ भने छ भने पुरुषको ३ र महिलाको २.२ प्रतिशत रहेको छ । यो तथ्य तयारी खानेकुरा कम मात्रामा खाने वा खादैं नखाने, घर बाहिरको खाना नखानेमा आधारीत रहेको छ ।
जंग फुड
स्वास्थ्य अनसुन्धान परिषदले गरेको स्टेप्स सर्वेका अनुसार नुन बढी मात्रामा हालिएको तयारी खानेकुरा (जंग फुड) सधैं वा प्रायजसो खानेको प्रतिशत १९.५ प्रतिशत रहेको छ । बढी नुन हालिएको तयारी खानेकुरा खाने महिलाको १८.१ प्रतिशत रहेका छन् भने पुरुष २१.१ प्रतिशत रहेका छन् ।
त्यस्तैगरी खाना खानु अघि वा खाइरहँदा खानामा नुन वा नुनीलो सस् सधैं वा प्राय थपेर खानेको प्रतिशत ९.२ प्रतिशत रहेको छ । महिला र पुरुषमा हेर्दा पुरुषले नै बढी नुन वा नुनिलो सस् प्रयोग गरेको पाइन्छ । सर्वे अनुसार खाना खानु अघि वा खाइरहँदा खानामा नुन वा ननीलो सस् सधैं वा प्राय थपेर खाने पुरुषको प्रतिशत ९.८ र महिलाको प्रतिशत ८.७ प्रतिशत रहेको छ ।
कुन प्रदेशमा प्रतिदिन नुन कतिले खान्छन्
सर्वे अनुसार प्रदेश नं. १ मा औषत नुन सेवन प्रतिदिन ९.२ प्रतिशत रहेको छ । यो प्रदेश नं. २ को भन्दा बढि हो । प्रदेश २ मा प्रतिदिन प्रत्येक व्यक्तिले ८.९ ग्राम नुन सेवन गर्ने गरेको देखिन्छ । त्यस्तै प्रदेश ३ मा ९.३, गण्डकी प्रदेशमा ९.२, प्रदेश ५ मा ८.७, कणाली प्रदेशमा ९.५ र सुदुरपश्चिम प्रदेशमा ९.१ ग्राम नुन प्रतिदिन सेवन गर्ने गरेको सर्वेले देखाएको छ ।
नुन कति खाने ?
नुन भन्नाले हामीले सामान्यतया भोजनमा स्वादको निम्ती हालिने बस्तु भनेर बुझ्छौं । हामीले खाने नुन सोडियम र क्लोराइड नामको तत्वले मिलेर बनेको हुन्छ । प्याकेटमा पाइने आयो नुनमा हाम्रो शरीरलाई चाहिने आयोडिन पनि मिसाइएको हुन्छ । नुन धेरै खाने वानी वा कम खाने वानी दुवै हाम्रो शरिरलाई स्वास्थ्यको दृष्टिकोणले हानीकारक रहेको डा. पुरुषोत्तम अधिकारी बताउँछन् ।
डा. अधिकारीका अनुसार विश्व स्वास्थ्य संगठनले स्वस्थ वयस्क व्यक्तिले एक दीनमा पांच ग्राम भन्दा कम नुन प्रयोग गर्नुपर्ने जानाएको छ । त्यो भनेको हामीले भान्छामा प्रयोग गर्ने एक चम्चा जति हुन आउँछ । उच्च रक्तचाप भएका व्यक्तिहरुलाई एक दीनमा जम्मा तीन ग्राम वा आधा चम्चा नुन खाने सुझाव दिइन्छ ।
भान्छामा प्रयोग गरिने नुन बाहेक हामीले अन्य स्रोतबाट पनि सोडियम खाइरहेका हुन्छौं । विभिन्न फलफुल, जंक फुड, चिप्स, पापड आदिमा त्यसको मात्रा बढी रहेको हुन्छ । तसर्थ, बढी नुनबाट हाम्रो स्वास्थ्यमा हुने विभिन्न हानीबाट बच्न सोडियमको मात्रा अधिक भएको खानाको सेवन कम गर्नुपर्छ । साथै सलाद, फलफुल आदि काँचै खाने वस्तु खाँदा नुन छर्कने गर्नु हुदैन र भान्छामा तरकारीमा हालिने नुनको मात्रा पनि कम गरिनुपर्छ ।
शरिरमा नुनको कामहरु:
१. नुनमा भएको सोडियमले हाम्रो शरीरमा नसाबाट तरंगहरु एक भागबाट अर्को भागमा लान मद्दत गर्छ।
२. सोडियमले मुटु लगायतका शरीरका विभिन्न मांसपेसीहरु खुम्चिन मद्दत पुराउछ ।
३. क्लोराइडले हाइड्रोक्लोराइड एसिड बनाउन मद्दत गर्छ जुन हाम्रो शरीरको पाचन प्रणालीको एक महत्वपूर्ण हिस्सा हो ।
४. क्लोराइडले हाम्रो शरीरमा अम्ल र क्षारको मात्रालाई पनि नियन्त्रण गर्छ ।
५. आयो नुनमा मिसाइने आयोडिनले थाइरोइड हर्मन बनाउन मद्दत गर्छ ।
बढी नुन खानुको बेफाइदा:
नुन हाम्रो शरीरको लागि नभई नहुने तर थोरै मात्रामा चाहिने बस्तु हो । बढी नुन खानाले निम्न खाले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ ।
१. उच्च रक्तचाप
२. मस्तिस्कघात
३. हर्ट एट्याक
४. पेटको क्यान्सर
५. मोटोपना
६. पत्थरी र मृगौलाका समस्याहरु