थालेसिमियाका बिरामीको निशुल्क उपचार

What's This?


Download our app to get more features

चितवन, ७ असार । भरतपुर अस्पतालमा थालेसिमियाका ५२ जना बिरामीहरूले वार्षिक रुपमा करिव ५ लाख बराबर निःशुल्क उपचार सेवा लिंदै आएका छन् । 

भरतपुर अस्पताल विकास समितिको सहयोगमा थालेसिमियाका बिरामीहरू १५÷१५ दिनमा निशुल्क उपचारका लागि आउने गरेका छन् । अस्पतालले प्रति पोका ८ सय ५० पर्ने रगत महिनामा दुई पोकाका दरले उपलब्ध गराउँदै आएको अस्पतालका सामाजिक सेवाका प्रमुख नारायण सापकोटाले बताए ।

अस्पतालमा एक वर्षको बच्चा देखि ४५ वर्ष उमेरसम्मका थालेसिमियाका बिरामीहरूले उपचार लिँदै आएका छन् । जसमा १६ जना महिला र ३६ जना पुरुष छन् । जसमा बालवालिकाहरू ४३ जना छन् । चितवनका ३५ जना, नवलपरासीका १२ जना, बाराका दुई जना, गोरखा, सर्लाही, बर्दियाका एक/एक जनाले उपचार सुविधा लिदैं आएका छन् । 

अस्पतालले थालेसिमियाका बिरामीहरूलाई चढाएको रगतको पैसा ब्लक बैंक भरतपुरलाई दिने गरिएको छ । अस्पतालका लेखापाल कृष्ण उपाध्यायका अनुसार ‘वार्षिक रुपमा करिव ५ लाख रकम खर्च हुन्छ ।’ 

अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. रूद्रप्रसाद मरासिनीले अस्पतालको आफ्नो स्रोत मात्रै प्रयाप्त नभएकोले अन्य सरकारी निकायबाट समेत थालेसिमियाका बिरामीहरूको उपचारका लागि सहयोग भए सेवा प्रवाहमा अझै सजिलो हुने बताए । 

बोनम्यारो ट्रान्सप्लान्ट यस रोगको अन्तिम उपचारको विकल्प भएपनि नेपालमा त्यो सुविधा नभएकाले बिरामीलाई विदेशमा गएर ट्रान्सप्लान्ट गर्न महंगो भएकोले बैकल्पिक रूपमा मासिक रगत हाल्नुपर्ने अवस्था रहेको चिकित्सकहरु बताउँछन् । 

थालेसिमिया सोसाइटीको परिचय पत्रका आधारमा उनीहरूलाई उपचार सेवा र औषधी पनि निःशुल्क रूपमा नै वितरण गरिदैं छ । 


 

Last modified on 2016-06-21 15:05:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts