बाङ्लादेशमा पीजी अध्ययन गर्ने चिकित्सकहरुको निम्ति स्टाइपेन्टको माग

काठमाडौं, २८ मंसिर । बंगलादेशमा स्नातकोत्तर तहमा अध्ययनरत नेपाली आवासीय चिकित्सकहरुले पारिश्रमिक (स्टाइपेन्ड) पाउनुपर्ने माग गरेका छन् ।
बंगलादेशीहरुलाई पारिश्रमिकको रुपमा २० हजार टाका दिने गरिएको छ । बंगलादेशमा बंगबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालय (बीएसएमएमयू) मा मात्र विदेशीहरुले चिकित्साशास्त्रमा एमडी/एमएस/एमडीएस पढ्न पाउँछन् ।
बंगलादेशमा एमडी/एमएस/एमडीएसको कोर्स ५ वर्षको गर्न करिव एक सय जना नेपाली चिकित्सकहरु अध्ययनरत छन् । बंगलादेशमा अध्ययनरत नेपाली चिकित्सकहरुले एक वर्ष अघि नै यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतलाई यसबारे बंगलादेश सरकार समक्ष पहल गर्न अनुरोध गरिसकेका छन् ।
उनिहरुले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई यसबारे ज्ञापनपत्र समेत दिएका थिए। उक्त पत्रमामा अध्ययनको क्रममा संस्थाको नियममा रहि अहोरात्र खटिएर बिरामीहरुको सेवा गर्दागर्दै पनि बंगलादेशी सहपाठी/सहकर्मी चिकित्सक सरह तलब (स्टाइपेन्ड) वा अन्य सुविधाबाट वञ्चित गराएको यथार्थ विद्यमान,’ रहेको उल्लेख छ ।
उता, भारतको अल ईन्डिया ईन्स्टिच्युट अफ मेडिकल साइन्समा अध्ययनरत डा सागर पौडेल द्वारा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटी ज्ञापनपत्र बुझाइ सहजीकरण गर्न अनुरोध गरिएको छ ।
भारतको अदालतले केही अगाडी विदेशी आवासीय चिकित्सकहरुलाई पारिश्रमिक दिन आदेश दिएको थियो ।
भारतको पिजीआई चन्डीगढमा चिकित्सकहरुले पारिश्रमिक पाउन थालिसकेको छन भने अल ईन्डिया इन्स्िटच्युट अफ मेडिकल साइन्समा पनि प्रक्रियामा रहेको छ ।