ग्याष्ट्रिकबाट बच्ने डा. अजित खनालका १० सुझाव



Download our app to get more features

ग्याष्ट्राइटिस अर्थात सामान्य भाषमा भनिने ग्याष्ट्रिक रोगबारे अपरिचित सायदै होलान । नेपालको सन्र्दभमा हेर्दा ग्याष्टाइटिसलाई राष्टिय रोग समेत भनेर चिनिन्छ । सामान्य तया भागदौड तथा व्यस्तताले भरीएको जीवन जीउनेको साथी हो ग्याष्ट्रिक । 

हाल अधिकांस व्यक्तिहरु ग्याट्रिक रोगको शिकार भएका छन् । चिकित्सकिय भाषमा आमासयका भित्ताहरु रातो तातो भएर सुनिनु, दुख्नुलाई ग्याष्ट्राइटिस भनिन्छ । यो रोग बढ्दै गई आमाशयको भित्ताहरुको श्लेश्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई ग्याष्ट्रिक अल्सर भनिन्छ । अर्को शब्दमा भन्दा ग्याष्ट्रिक सुरुको अवस्था हो र अल्सर पछिल्लो अवस्था हो । 

ग्याष्ट्रिकको एउटै मात्र लक्षण नभई यसले विभिन्न तरीकाले सताउन सक्छ । छाती र पेटको बीचको खाल्टो वरीपरी दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रनु, पेट भारी हुनु, वायु बढ्नु, रिगंटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु, वाकवाकी लाग्नु वान्ता हुन, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिनु कालो दिसा आउनु, खाना नपच्नु, पेट हुडल्नु, तौल कम हुनु आदी ।

ग्याष्ट्रिकबाट बच्ने उपाय

–धुम्रपान, मद्यपान सेवन नगर्ने ।

–गुट्खा, पान जस्ता निकोटिन पाइने चिजको सेवन नगर्ने ।

–कफि, दुधको चिया कम सेवन गर्ने ।

–सुन्तला, मौसम, भोगटे जस्ता फलको बढि सेवन नगर्ने ।

–अधिक चिल्लो तथा पिरोको सेवन कम गर्ने ।

–तारेको, भुटेको खानाको सेवन कम गर्ने ।

–लामो समय खाली पेट नबस्ने ।

–तनाव तथा चिन्ताबाट मुक्त रहने ।

–पेनकिलर औषधीको बढी सेवन नगर्ने ।

–प्रशस्त पानी पिउने ।

यो रोगको समयमा नै उपचार नभए अल्सर तथा क्यान्सर समेत हुन सक्छ । त्यस्तै मांसपेशीहरुको कमजोरी, तातो चिसो थाहा नपाउने समस्या, दम बढ्ने, मुखमा घाउ खटिरा आइरहने समस्या हुन्छ । 
त्यसैगरी आन्द्रामा घाउ हुने, खानाको पाचन नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षणहरु पनि देखा पर्ने जस्ता जटिलता समेत हुनसक्छ । 
तसर्थ ग्याष्ट्रिक लाई हेलचेक्क्राई नगरी चाँडो निको पार्ने तथा हुनै नदिने उपाय अपनाउनु जरुरी हुन्छ । 

नबिना कार्कीले गरेको कुराकानीमा आधारित 

Last modified on 2016-06-22 11:18:04

3 Comments

  1. Gastric ko karan kaile kahi saas linu aftharo hune ra mal duaar ma polne samasya pani hunxha ra aateko jaste pani hunxha sir reply ????

  2. Sujhab dina sajilo hunxa Tara apply garna garho hene

  3. Ekdam sahi sujap lagyo


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts