ग्राण्डीद्वारा १ सय ५ वर्षीय वृद्धको निःशुल्क उपचार



Download our app to get more features

काठमाडौं, २७ मंसिर । काठमाडौंको धापासीस्थीत ग्राण्डी इन्टरनेशनल अस्पतालले १ सय ५ वर्षीय एक बृद्धको निःशुल्क उपचार गरेको छ । 

मकवानपुर घर भई हाल काठमाँडौ बल्खुमा बसोबास गर्दे आएका १ सय ५ वर्षीय बृद्ध गणेश बहादुर अधिकारीेको विगत ८ वर्षदेखि दुवै घुँडामा समस्या थियो । 

वरिस्ट हास्यकलाकार सन्तोष पन्तका निकट रहनुभएका अधिकारीलाई गत वर्षयता सहनै नसक्ने गरी दुखाई हुँदै आएको र उनकै सल्लाह मार्फÞत ग्रान्डी अस्पताल आइपुगेको वृद्धले बताए । 

अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. चक्रराज पाण्डे नेतृत्वको टिमले अधिकारीको उपचार गरेको हो । 

घुँडा खिइने समस्याबाट ग्रसित अधिकारीले ग्राण्डी अस्पतालले बृद्धहरुलाई गरेको सम्मानप्रति प्रशन्नता व्यक्त गरे । 

अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले १ सय ५ वर्षीय बृद्धको उपचार गर्न पाउनु सौभाग्य रहेको प्रतिक्रिया दिए । साथै, डा. पाण्डेले सम्पूर्ण बिरामीको स्वास्थ्यप्रति ग्राण्डी अस्पताल संवेदनशिल एवं प्रतिवद्ध रहने बताए ।

Last modified on 2019-12-13 07:43:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts