बाजुरामा सुत्केरीको हेलिकप्टरबाट उद्दार



Download our app to get more features

बाजुरा, २७ मंसिर । बाजुराको स्वामीकार्तिक गाँउपालिकामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

गाउँपालिका–१ साप्पाटाकी २४ वर्षीया निर्मला विकलाई हेलिकेप्टरबाट उद्दार गरिएको हो । 

सुत्केरी वेथा लागेको निर्मलालाई बुधवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । स्वास्थ्य केन्द्र आउनुअघि नै आमाको अवस्था जटिल रहेको र उनलाई सुत्केरी गराउन पनि निकै जोखिम अवस्था रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका स्टाफनर्स गंगा खत्रीले बताइन् । उल्टो अवस्थामा रहेको बच्चालाई जेनतेन बुधबार नै बाहिर निकालेको उनले बताइन् ।  

त्यसपछि आमा र बच्चाको अवस्था जटिल भएपछि बिहिबार हेलिकप्टरबाट उनलाई नेपालगञ्जको कोहलपुर मेडिकलमा उद्दारगरी लगिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए । 

महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा आमा र शिशुको हेलिकप्टरमा उद्दार गरिएको उनले बताए। उद्धार कार्यमा प्रदेश सांसद बलदेव रेग्मी र स्वामीकार्तिक गाँउपालिकाका अध्यक्ष चिरिञ्जवि शाहिले समेत पहल गरेको जनाइएको छ । 

Last modified on 2019-12-24 12:26:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts