डडेल्धुरा अस्पतालः चिकित्सक अभावले मेसिन बन्द, बिरामीलाई सास्ती



Download our app to get more features

धनगढी, २६ मंसिर ।  संघीय सरकारको मातहतमा गइसकेपछि डडेल्धुरा अस्पतालले हालसम्म एघारौं तहको कार्यालय प्रमुख मेसु पाएको छैन्। समायोजनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत रहेका एघारौं तहका प्रमुख मेसु डा कृष्णप्रसाद खनाललाई डडेल्धुरा अस्पतालमा समायोजन गरेको थियो। तर डा खनाल अस्पतालमा हाजिर हुन नपाउँदै मन्त्रीस्तरको अर्को निर्णयअनुसार अनिवार्य अवकाशको पत्र डडेल्धुरा अस्पताललाई थमाइएको छ।

यतिबेलासम्म अस्पताल निमित्त मेसु डा जितेन्द्र कंडेलको भरमा संचालन भइरहेको थियो। तर डा कँडेल पनि हाल घरविदामा रहेका छन्। १९ जना र मेडिकल अधिकृत १८ जना, ४४ प्रकारका कर्मचारीलगायत रहने गरी १०९ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको अस्पतालमा अहिले एक जना फिजिसियन करारमा र ३ जना बालरोग विशेषज्ञ गरी ४ जना डाक्टर मात्र छन्। उनीहरु कसैले पनि भिडियो एक्सरे मेसिन चलाउने गरेका छैनन्। भिडियो एक्सरे सेवा नहँुदा यस क्षेत्रका नागरिक तराईका जिल्ला तथा भारतका अस्पताल र निजी अस्पतालमा जान बाध्य छन्।

डडेल्धुरा अस्पातलमा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका नागरिकहरुले सेवा लिने गरेका छन्। पछिल्लो समय अस्पतालमा भएका उपकारणहरु पनि डाक्टर अभावमा बन्द भएकोे हुँदा त्यहाँका बिरामीहरुलाई उपचार पाउन सास्ती र खर्चिलो भएको छ। 

विशेषज्ञ सेवा सहितको अस्पतालमा अहिले अपरेसन सेवा त परै जाओस् यस क्षेत्रका नागरिकाले ओपिडी सेवा समेत पाउन मुस्किल हुने गरेको छ। अस्पतालमा अहिलेसम्म अस्पताल विकास समिति बनको छैन्। 
 

Last modified on 2019-12-12 16:40:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts