प्रधानमन्त्रीको उपचार खर्च २ लाख ५५ हजार



Download our app to get more features

काठमाडौं, १९ मंसिर । एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापश्चात १० दिन अस्पताल भर्ना भएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा २ लाख ५५ हजार खर्च भएको छ । 

राजधानीको शिक्षण अस्पताल महाराजगञ्ज परिसरको मनमोहन सेन्टरमा प्रधानमन्त्रीको उपचार भएको हो । प्रधानमन्त्रीको उपचारमा सामान्य नागरिकलाई सरह नै पैसा लिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले भने, 'देशको कार्यकारी प्रमुख भएका नाताले हाइ एटेन्सन त भयो तर, उपचार भने सामान्य मानिसले गर्नेझैं प्रकृयामा गरिएको हो ।' 

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको उपचार खर्च उनका सल्लाहकारहरुको सहयोगमा अस्पतालमा भुक्तान गरिएको छ । त्यो प्रधानमन्त्री कार्यालयले दिएको हो वा व्यक्तिगत हो आफुलाई थाहा नभएको डा. श्रेष्ठको भनाइ छ । प्रधानमन्त्री ओलीलाई १० दिन आइसियुमा राखिएकाले त्यसको दैनिक १ हजार २ सय ५० का दरमा शुल्क लिइएको छ । त्यस्तै शल्यक्रिया, औषधि र अन्य खर्चहरु पनि अन्य नागरिकलाई झैं लिइएको अस्पतालले जनाएको छ । 

Last modified on 2019-12-08 06:15:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts