गण्डकी मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षको प्रश्नपत्र बाहिरियो, आन्दोलनरत विद्यार्थी पक्राउ
एमबीबीएस परिक्षा केन्द्रहरुमा धरपकड र तनाब

काठमाडौं, १९ मंसिर । गण्डकी मेडिकल कलेजमा बिहिवार १० बजेबाट सुरु भएको एमबीबीएस परिक्षाको प्रश्न पत्र एक घण्टा नबित्दै बाहिरिएको छ । आइओएम अन्तर्गत सञ्चालित एमबिबिएस प्रथम वर्षको प्रश्नपत्र एकघण्टा नबित्दै बाहिर आएको कलेजका अध्ययनरत विद्यार्थीले जानकारी दिए । उनका अनुसार १० बजेबाट परीक्षा संचालन भएको हो र केहि मिनेटमा नै प्रश्नपत्र बाहिरिएको हो ।
अवैध शुल्क फिर्ताको प्रमुख माग राख्दै मेडिकल विद्यार्थीहरु आन्दोलनरत छन् । कतिपय विद्यार्थीले भने परीक्षा बहिस्कार गर्दै प्रवेश पत्र समेत जलाएका छन् । आज भइरहेको परीक्षा पनि तीनवटा कलेजले बहिस्कार गरेका छन् भने दुई वटा कलेजका विद्यार्थी परिक्षामा सामेल भएका छन् । चितवन मेडिकल कलेज, युनिर्भसल कलेज अफ साइन्सेस, नेसनल मेडिकल कलेजका विद्यार्थीहरुले बिहीवारको परीक्षा पनि बहिस्कार गरेका छन् । तर किस्ट मेडिकल कलेज तथा गण्डकी मेडिकल कलेजका विद्यार्थी भने बिहीवारको वार्षिक परीक्षामा सामेल भएका छन् ।
परीक्षा बुधवाबाट सुरु भएको हो । तर विद्यार्थीहरुले आफ्ना माग पुरा भएको ६ महिनासम्म त्रिवि अन्तर्गतको कुनै पनि शैक्षिक कार्यक्रममा सहभागि हुन नसक्ने भन्दै परिक्षा बहिस्कार गरेका हुन् । यद्यपी सरकारले मेडिकल कलेज सञ्चालकलाई बढि लिएको रकम फर्ता गर्न समयसिमा सहित निर्देशन दिँदा समेत रकम फिर्ता गर्न अटेर गरिरहेका छन् ।
त्यस्तै आज एमबीबीएस परिक्षा केन्द्रमा तनाव भएको छ । अन्दोलनरत विद्यार्थीलाई पक्राउ गरीएको छ ।