एचआईभी संक्रमण न्यूनीकरणको प्रमुख उपाय सचेतना अभिवृद्धिः नगरप्रमुख घिमिरे



Download our app to get more features

रुपन्देही, १६ मंसिर । जिल्लाको नगरपालिकामा पनि ३२ औं विश्व एड्स दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । 

दिवसको अवसरमा नगरपालिकाको स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रले सचेतनामुलक कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा एचआइभी÷एड्स, कारण, न्यूनीकरणका उपाय तथा उपचार पद्धतिको बारेमा जानकारी गराइएको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले दिए । 

दिवसकैं अवसरमा ४० जनाको एचआईभी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले एचआईभी संक्रमण न्यूनीकरणको प्रमुख उपाय सचेतना अभिवृद्धि भएको बताउँदै सचेतना अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाइनुपर्ने बताए।
 
नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेलले गत आर्थिक वर्षमा रुपन्देहीमा नयाँ एचआइभी संक्रमित १६३ जना फेला परेको जानकारी गराउँदै हाल जिल्लामा एक हजार तीन सय बढी संक्रमितले एआरटी सेवा लिँदै आएको बताए ।

कार्यक्रममा उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मालगायत जनप्रतिनिधि, कर्मचारी, सेवाग्राहीलगायतको सहभागिता रहेको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts