स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन तिनै तहको सरकार लागीपरेको छः मन्त्री बराल



Download our app to get more features

रुपन्देही, १५ मंसिर । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वाथ्य क्षेत्रमा सरकारको लगानी न्युन रहेको बताएका छन् । लगानी बढाउन तीनै तहका सरकार लागिपरेको बरालको भनाइ छ ।

बुटवलमा कपाल प्रत्यारोपणको सेवा सहित ईम्युन हेल्थ केयर प्रालिको शुभारम्भ गर्दै उनले विशेषज्ञ सहितको विशिष्टीकृत स्वाथ्य सेवाको परिकल्पना सरकारको गरेको भन्दै सबै नागरिक स्वाथ्यको पहुँचबाट टाढा हुन नपरोस भन्न्ने हेतुले सोही अनुसारको दिर्घकालिन योजना निर्माण गरी प्रदेश सरकार अगाडी बढिरहेको बताए ।

मन्त्री बरालले स्वाथ्यको पहुंचबाट कोही पनि टाढा हुनुपर्ने अवस्था नरहेको भन्दै नीजि , सामुदायिक तथा अन्य संघ संस्थाहरुको स्वास्थ्य क्षेत्रमा भएको लगानीले थप टेवा पुगेको बताए ।

स्वास्थ्य सेवाक्षेत्र सबैभन्दा महत्वपूर्ण भएको भन्दै मन्त्री बरालले स्वास्थ्य सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरवाही गर्न नहुने बताए । उनले भने–‘स्वास्थ्य क्षेत्रमा यदाकता लापरवाही भएको पनि पाईएको छ, यो यहँबाट नहोस,लगानी सुरक्षा गर्न सरकार तयार छ ।’

प्रदेश ५ मै पहिलो पटक बुटवलमा कपाल प्रत्यारोपण तथा अन्य सेवा सहित संचालनमा आएको प्रालिमा १ करोड लगानी रहेको छ । भने १४ जना संचालन सदस्य रहेका छन् । हेल्थ केयरमा १५ जनाले रोजगारी पाएको सचिब राजिब खनालले बताए ।

बुटवल–७ हिलपार्क गेट नजिकै सुरुवात गरिएको प्रालिको उद्घाटन कार्यक्रममा प्रालिका अध्यक्ष डा.दिपककुमार धिताल,जनस्वास्थ्य प्रशासक  डा राजेन्द्र कुमार गिरी, औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराई, कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, प्रालिका संचालक सदस्य तथा सचिव राजिव खनाल, अर्का सदस्य सुरेन्द्र भारी लगायतले बोल्दै कपाल प्रत्यारोपण सेवा यसक्षेत्रमा नौलो भएको बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts