रुपन्देही एचआईभीको उच्च जोखिममा, एक वर्षमा १४ को मृत्यु

रुपन्देही, १५ मंसिर । प्रदेश नं. ५ को अस्थायी राजधानी बुटबल एचआईभीको उच्च जोखीममा रहेको छ । प्रदेशका १२ जिल्लामा ३३ सय ९२ रहेकोपनि रुपन्देहीमा १३ सय जना रहेका छन् । आर्थिक वर्ष ७५/७६ मा रुपन्देहीमा एचआईभी/एडसबाट १४ जनाको मृत्यु भएको छ भने १३ सय एचआईभी संक्रमितले एआरटी औषधि सेवन गरि रहेका छन् ।
एएच एफ नेपाल रुपन्देहीका कार्यक्रम संयोजक धर्मराज भट्राईका अनुसार रुपन्देहीमा १३ सय एचआईभी/एडसका बिरामी रहेको र लुम्बिनी प्रादेशीक अस्पतालमा औषधि सेवन गर्ने ११ सय ९६ र भैरहवा भिम अस्पतालमा १ सय ३८ जनाले एआरटी औषधि सेवन गर्ने गरेको बताए ।
लुम्बिनी प्रादेशीक अस्पतालमा औषधि सेवन गर्नेमा ५ सय ५० पुरुष ५ सय ५२ महिला ३८ जना बच्चा केटा ५२ जना बच्चा केटि र ४ जना तेश्रो लिगी रहेको भट्राईले बताए । भैरहवामा पनि १ सय ३८ जनाले औषधी सेबन गरेको जिल्ला स्वास्थ्य कार्यलयको तथ्याकमा उल्लेख रहेको छ । एएच एफ नेपाल रुपन्देहीका कार्यक्रम संयोजक धर्मराज भट्राईले भने लुम्बिनी प्रादेशीक अस्पतालमा १० बर्ष देखी औषधी सेबन गरेका देखी भर्खरै सुरु गरेका सम्म रहेको बताए ।
एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भुमिका भन्ने मुलनारा सहित ३२ औं विश्व एड्स दिवसको पुर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. राजेन्द्र कुमार गिरीले रुपन्देहीमा गत ३ वर्षको तथ्यांक हेर्दा एचआईभीको संक्रमण बढेको बताए । गत वर्ष भन्दा यस वर्ष १ सय ६३ जना थप रोगी थपीएको बताए ।
डा. गिरीले रुपन्देहीमा एचआईभीका रोगी बढदो भएकोले जनचेतना फैलाउनु आवश्यक रहेको बताए । जिल्लामा सिमीत बजेट भएको बताउदै अझै लक्षित बर्गसम्म पुग्न नसकेको बताए । डा. गिरीले एचआईभी टेष्टका किटको समेत बेला बेलामा अभाव हुने गरेको बताए। अहिले माथिल्लो समुदाय भन्दा तल्लो समुदायका बढी देखीएको बताए । १२ जिल्लाको प्रतिसद निकाल्दा रुपन्देही ३० रहेको छ ।
प्रदेश ५ स्वास्थ्य निर्देशनालयका खोप अधिकृत दिवाकर मर्हजनका अनुसार प्रदेश नं ५ मा ३३ सय ९२ जना एचआईभी संक्रमित रहेको बताएका छन । उनले सबै भन्दा बढी रुपन्देहीमा रहेको बताएका छन। अरु ११ जिल्लामा २ हजार रोगी भएपनि रुपन्देहीमा १३सय भएको बताए । उनले प्रदेश सरकारले जिल्ला संग समन्यगरि जनचेताना फैलाउने आबश्यक उपकरण बजेट उपलब्ध गराउने बताएका छन् ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका क्षय कुष्ठरोग अधिकृत टिकाराम अधिकारी लान्छना र भेदभाब निकरणका लागी सरकारले बजेट कमदिएपनि अरु औषधि टेष्ट लगायका विषयमा कमी नभएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पान्डे,उपाध्यक्ष निरु गौतमले बोल्दै जनचेतना फैलाउन संञ्चारकर्मिसंग सहकार्य आवश्यक रहेको बताए । रुपन्देहीमा एचआईभी क्षेत्रमा ६ वटा संस्थाले काम गर्दै आएका छन् ।