रण अम्बिका शाह आँखा अस्पताल क्षेत्रकै नमूनाः मन्त्री गिरी



Download our app to get more features

रुपन्देही, १४ मंसिर । आँखाको संवेदनशीलतालाई बुझी हेलचेक्र्याई गर्न नहुने चिकित्सकहरुले बताएका छन् । 

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, रण अम्बिका आँखा अस्पताल र नेपाल नेत्रज्याति संघ रुपन्देहीको ३८ औं स्थापना दिवसमा बोल्ने वक्ताहरुले जीवनको महत्वपूर्ण अंग आँखामा हेलचेक्र्याइ गर्न नहुने बताए ।

कार्यक्रममा प्रदेश ५ का उद्योग वन तथा वातावरण र पर्यटनमन्त्री लीला गिरीले आँखा अस्पतालको विकासमा प्रदेश सरकारले काम गरिरहेको बताए । उनले रण अम्बिका शाह आँखा अस्पताल यस क्षेत्रको नमूनाका रुपमा रहेको भन्दै यसको गरिमालाई अझ उचो बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष सागरप्रताप राणाले अस्पतालको विकासमा सबै क्षेत्रको सहयोग रहेको बताए ।उनले समाजमा हिजो आँखा उपचार गर्न नपाएर भारत, काठमाडौं दगुर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै खोलिएको यस अस्पतालले नेपालको मात्र नभएर म्यानमार, भुटान सम्म पुगेर आफ्नो सेवा प्रदान गरेको बताए ।

कार्यक्रमा प्रदेशसभा सदस्य सन्तोष पाण्डे, प्रदेशसभा सदस्य तुलसी चौधरी, अष्टभुजा पाठक, सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा काफ्ले, अस्पतालका निमित्त चिफ डाइरेक्टर सह—प्राध्यापक डा. ज्ञानेन्द्र लामिछाने लगाएतले बोल्दै समाज रुपान्तरणका लागि सानो प्रयास ठूलो भएर आउने बताएका थिए ।

लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालयस क्षेत्र नमुना अस्पतालको रुपमा बिकास हुनु गर्वको विषय रहेको उनीहरुको भनाइ थियो ।

नेपाल नेत्र ज्योति संघ रुपन्देहीका सचिब गणेश बहादुर क्षेत्रीको संचालन र नेपाल नेत्र ज्योति संघ रुपन्देहीका अध्यक्ष कमलराज जोशीको अध्यक्षतामा स्थापना दिवस सम्पन्न भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts