चिकित्सकले भनेः प्रधानमन्त्री एकहप्ता अस्पतालमै, पूर्ण खतरामुक्त भन्न मिल्दैन (भिडियोसहित)



Download our app to get more features

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारका बारेमा चिकित्सकहरुले पहिलोपटक विस्तृत जानकारी दिएका छन् । 

प्रधानमन्त्रीको स्वास्थ्यवस्था बारे फरक फरक सूचना सम्प्रेशित भइरहेका बेला उनको उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरि पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकरी दिएका हुन् । प्रधानमन्त्री ओलीको निजी चिकित्सक समेत रहनुभएकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको रै अर्को एकहप्तासम्म अस्पतालमा राख्नुपर्ने हुनसक्ने बताइन् । डा. शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आए लगत्तै दोश्रो मिर्गौला प्रत्यारोपणका लागि प्रकृया थालिने स्पष्ट पारिन् । एक प्रश्नमा डा. शाहले प्रधानमन्त्रीलाई खतरामुक्त भन्न नमिलेपनि अवस्था चिन्ताजनक नभएको जिकिर गरिन् । उपचारका क्रममा अहिले प्रधानमन्त्रीले ठोस कुरा खान थालेको र हिँडडुल समेत सुरु भैसकेको डा. शाहको भनाइ छ । 

हेरौं भिडियो 

त्यस्तै प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका डा. रमेश सिंह भण्डारीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको र प्रत्यारोपण गरिएको मिर्गौलाविरुद्ध शरीरले प्रतिक्रिया नगरोस भनेर दिइएको औषधिका कारण एपेन्डिसाइटिसको लक्षण अन्तिम समयमा मात्र देखिएको बताए । डा. भण्डारीले प्रधानमन्त्रीको आत्मविश्वास र उचित उपचारका कारण शरीरमा देखिएको संक्रमण कम भैरहेको बताए ।

हेरौं भिडियो

Last modified on 2019-12-01 06:08:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts