प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

काठमाडौं, १३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी छन् ।
बिहीबार साँझ उनी त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेकी हुन् ।
एपेन्डेसाइटिसको शल्यक्रियापछि आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी सेन्टर पुगेकी थिइन् ।
उनले प्रधानमन्त्रीलाई भेटेर उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएको साथै प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति खुसी व्यक्त गर्दै स्वास्थलाभको शुभकामना दिएको जनाइएको छ ।
Last modified on 2019-11-29 07:57:22