मेडिकल कलेजलाई पैसा नपुगेको भन्दैै दान पेटीमा चन्दा संकलन
सरकार र निजी मेडिकल सञ्चालकबीचको सम्झौता पत्र पनि जलाइयो

रुपन्देही, १३ मंसिर । सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएकोमा आन्दोलनरत विद्यार्थीहरुले निजी मेडिकल कलेजलाई पैसा नपुगेको भन्दै दान पेटीमा चन्दा उठाएका छन् ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाका विध्यार्थीहरुले विहीबार अतिरिक्त शुल्कको निम्ति सहयोग भन्दै सडकमा चन्दा उठाएका हुन ।
साथै उनिहरुले सरकार र मेडिकल कलेज संचालकहरुबिच भएको सहमतिको बिरोध गर्दै हाते साङ्लो बनाएर बिरोध गरेका छन । सो कलेजका विध्यार्थीहरुले विरोध स्वरुप आज उन्तीसौ दिन र रिले अनसन सुरु गरेको १५ औ दिन सम्म चलेको छ ।
यसैबीच, विगत एक महिनादेखि आन्दोलनरत युनिर्भसल मेडिकल कलेज भैरहवाका विद्यार्थीहरुले सरकार र निजी मेडिकल कलेजबीच भएको सम्झौता पत्र जलाएका छन् ।
उनीहरुले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोल जारी राख्ने र सम्झौमा मान्य नहुने समेत बताएका छन् ।
सरकारले मेडिकल माफियाहरुसँग मिलेर विद्यार्थीहरुको माग सम्बोधन नहुने गरि गरेको सहमति आफुहरुलाई मान्यनहुने भन्दै सम्झौता पत्र जलाएका हुन् ।
द्यार्थीहरुले सरकारले एमबीबीएस अध्ययनको लागी तोकेको भन्दा १५ लाख बढी शुल्क लिएको भन्दै आन्दोलन गरिरहेका छन् ।
विभिन्न बहानामा सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ता माग गर्दै विगत एक महिनादेखि आन्दोलनरत युनिर्भसल मेडिकल कलेज भैरहवाका विद्यार्थी भुपेश चन्दले बताए । सरकारले मेडिकल कलेज संचालकसँग बढी लिएको शुल्क समायोजन गर्ने सहमति गरेको छ ।
सहमतिमा पहिलो र दोश्रो बर्षको मात्र बढी शुल्क लिएको फिर्ता हुने र अरु फिर्ता नहुने सरकार र मेडिकल कलेजहरुको सम्झौतमा उल्लेख गरिएको छ ।
विद्यार्थीहरुले यो आफूहरुलाई मान्य नहुने बताउँदै आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने समेत बताएका छन् । विद्यार्थीहरुले विद्यार्थी लुटन पाईदैन, मेडिकल माफिया मुर्दाबाद, सक्छस भने न्याय दे, लुटतन्त्र बन्द गर, गुण्डागर्दी बन्द गर जस्ता नारा लगाएका थिए ।