नेकपा प्रदेश ३ को स्वास्थ्य विभाग प्रमुखमा डा.अधिकारी



Download our app to get more features

काठमाडौं, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश ३ को स्वास्थ्य विभागको प्रमुखमा डा. राम कुमार अधिकारी नियुक्त भएका छन् ।

विभागको प्रमुखमा नियुक्त भएपछि डा. अधिकारीले हाम्रो डाक्टरसँग कुरा गर्दै स्वास्थ्य सम्बन्धी नीतिगत विषयमा आफूले सक्दाे काम गर्ने बताए ।

उनले दिगो विकासको लक्ष्यमा पनि स्वास्थ्य सम्बन्धी कुरालाई प्राथमिकताका साथ राखिएकोले विभागबाट त्यसको पुर्तिका लागि आफ्नाे प्रयत्न रहने बताए ।

उनले भने ‘अहिले कमिटि पूर्ण छैन, यो महिनामा पूर्ण हुन्छ । त्यसपछि काम थालिन्छ ।’

डा. अधिकारी प्रदेश ३ का सांसद समेत हुन् । पब्लिक हेल्थमा विद्या वारिधि गरेका अधिकारी मनमाेहन मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पनि अावद्ध छन् ।

Last modified on 2019-12-01 06:07:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts