राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अंग प्रत्यारोपणका लागि आवश्यक एचएलए ल्याव सुरु हुँदै 

स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अंग प्रत्यारोपणसम्बन्धी परीक्षण सुरु हुने भएको छ ।



Download our app to get more features

काठमाडौं, ११ मंसिर । स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अंग प्रत्यारोपणसम्बन्धी परीक्षण सुरु हुने भएको छ ।

अंग प्रत्यारोपण अघि सम्भावित दाता र प्राप्त गर्ने व्यक्तिको एन्टीजिनका बारेमा अध्ययन गर्न हिस्टोकम्प्याटिविलीटी ल्याव परीक्षण गर्नुपर्छ । अंगदाता र प्राप्त गर्नेको ह्युमन ल्युकोसाइट एन्टीजिन र जिनका बारेमा अध्ययन गरे पश्चात मात्र उक्त अंग प्रत्यारोपण गर्न मिल्ने नमिल्ने तय हुन्छ ।

यो परीक्षण अहिलेसम्म नेपालमा निजी स्तरबाट सञ्चालित निदान अस्पतालमा मात्र उपलब्ध थियो । एचएलए ल्याव सुरु भएसँगै जनस्वास्थ्य प्रयोगशालाबाट अंगदाता र प्राप्त गर्नेको आवश्यक परीक्षण सहजै पाउने प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् ।  प्रयोगशालाले एचएलय ल्यावका लागि करिब ७० लाखको उपकरण खरिद गर्न लागेको हो । निर्देशक झाले ल्यावका लागि ठेक्का सम्झौता भइसकेको जानकारी दिइन् । 

Last modified on 2019-12-01 06:06:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts