सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति अमान्य,विद्यार्थीले आन्दोलन थप चर्काउने



Download our app to get more features

काठमाडौं, ११ मंसिर । सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच भएको सहमति चिकित्सा शिक्षा संघर्ष समितिले नमान्ने भन्दै आन्दोलन थप चर्काउने भएको छ ।

गएराति अबेर सरकार र कलेज सञ्चालकबीच सहमति भएपछि समितिले विज्ञप्ति जारी गर्दै सरकार र मेडिकल कलेजले बीडीएस र एमबीबीएसको हकमा मात्रै सहमति गरेको र अन्य मेडिकल संकायको हकमा कुनै निर्णय र सहमति नगरेको भन्दै आन्दोलन थप चर्काउने जनाएको हाे ।

समितिका महासचिव अनित सिन्हाले हाम्रो डाक्टरलाई भने अनुसार सरकारले नर्स, पब्लीकहेल्थ, फार्मेसी लगायतका हकमा कुनै निर्णय गरेको छैन ।

उनले सरकारले आयोगलाई शैक्षिक सत्र २०७२/०७३ र ०७३/०७४ को विश्व विद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगले निर्णय दिने भन्ने कुरा विद्यार्थीलाई ठग्ने र मेडिकल कलेज सञ्चालकलाई संरक्षण गर्न खोज्ने किसिमको भएकाले आन्दोलन थप सशक्त गर्ने बताए ।

हेरौं विज्ञप्तिः

Last modified on 2019-11-28 05:51:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts