विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्दै मेडिकल कलेज

यस्तो छ सरकारसँग भएको सहमति



Download our app to get more features

काठमाडौं, ११ मंसिर । सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच २ बुँदे सहमति जुटेको छ ।

सहमति अनुसार मेडिकल कजेजले शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ को हकमा आजैबाट अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् ।

मंगलबार अबेर रातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीचको बैठकबाट विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएसँगै मेडिकल कलेज सञ्चालकले शुल्क फिर्ताको प्रक्रिया आजैबाट थाल्ने जनाएको हो ।

सहमति अनुसार शैक्षिक सत्र ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले निर्णय गर्ने पनि भनिएको छ ।

०७६/०७७ को हकमा भने चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिएर विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया थाल्ने भनिएको छ ।  त्यस्तै, ०७७/०७८ र त्यसपछिका वर्षमा भने वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि आयोगबाट कार्य अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ ।

यसअघि मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउने निष्कर्ष निकालेको थियो । सरकारको यो निर्देशनपछि मेडिकल कलेज सञ्चालकहरु वार्ताका तयार भएका थिए ।

Last modified on 2019-11-28 06:06:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts