क्रिकेटर सन्दीप लामिछानको आँखाको लेजर शल्यक्रिया



Download our app to get more features

काठमाडौं, १० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दिप लामिछानेको आँखाको लेजर सर्जरी सम्पन्न भएको छ । लामिछानेको सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा सर्जरी गरिएको हो ।  

प्रतिष्ठानका रिफ्र्याक्टिभ सर्जन डा.शाश्वत ढुंगेलले उनको सर्जरी गरेका हुन् । डा. शाश्वत भने, 'लेजर सर्जरीमा यो एकदमै नयाँ पद्दती हो जुन नेपालमा तिलगंगा आँखा प्रतिष्ठानमा मात्र उपलब्ध छ ।' उनका अनुसार आँखामा पावर भएको र चश्मा लगाउन नचाहनेका लागि लेजर सर्जरी सेवा एकदमै प्रभावकारीे छ । यो सर्जरी –०.५ देखि –१४ सम्मको पावर भएकालाई गरिन्छ । उनले भने “लेजरको अरु पद्दती भन्दा यसमा सुख्खापन कम हुने,घाउ छिटो पुरीने हुन्छ ।”

सन्दिपको शल्यक्रिया पश्चात दृष्टिक्षमता (भिजन) राम्रो आएको पनि उनको दावी रहेको छ । 

विश्वका अन्य मुलुकहरुमा यो एकदमै महंगो प्रविधि भएकोले शल्यक्रिया शुल्क पनि महंगो छ ।  नेपालमा प्रतिष्ठानले अन्य मुलुकभन्दा सस्तोमा उपलब्ध गराएको छ । त्यसैले विश्वका धेरै मुलुकहरुबाट विदेशी तथा गैरआवासीय नेपालीहरु यस शल्यक्रिया गराउन प्रतिष्ठान आउने गरेको अस्पतालको दावी छ । 

प्राय जसो गैरआवासीय नेपालीहरु विदेशमा शल्यक्रिया गराउँदा लाग्ने खर्चले नेपाल भ्रमण लगायत परिवार आफन्तजन तथा साथीभाईसँगको भेटघाट र आँखाको उपचार पनि हुने भएकोले बढी आउने गरेको प्रतिष्ठानले जनाएको छ । 

विदेशीको हकमा पनि शल्यक्रिया साथै नेपाल भ्रमण दुवै हुने भएकोले यसले नेपालको मेडिकल टुरिजम ( स्वास्थ्य पर्यटन) लाई पनि टेवा पुर्याएको प्रतिष्ठानको जनाएको छ । 
शल्यक्रिया पश्चात सन्दिप लामिछाने भने “टाढाको वस्तु देख्न समस्या भएपछि चश्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ । विदेशमा पनि बुझेको थिए यस सम्बन्धी तर आफ्नै देशमा गर्ने सोच भएको यहाँ गराए । म एकदमै खुशी तथा सन्तुष्ट छु । शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ ।”  

चश्माको कारणले गर्दा आफ्नो दैनिक जिवन, पेशा, रुचिका क्षेत्र आदिमा कठिनाई सामना गरिराख्नुपर्ने व्यक्तित्वहरुले यो सेवा लिएर चश्मामूक्त जिवन बिताउन सक्नेछन् । 
 

Last modified on 2019-11-28 06:05:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts