सकियो प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया



Download our app to get more features

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा आज बिहान सफल शल्यक्रिया गरिएको अस्पताल स्रोतले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो ।

प्रधानमन्त्री ओलीको पेट असह्य हुनेगरी असाध्यै दुखेपछि बिहान साढे ९ बजे अस्पताल भर्ना भएका थिए ।

Last modified on 2019-11-27 07:56:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts