प्रदेश ५ का सबै स्वास्थ्य केन्द्रमा ल्याव र विशेषज्ञ चिकित्सक राख्ने सरकारको तयारी 



Download our app to get more features

रुपन्देही, १० मंसिर । प्रदेश नम्बर ५ सरकारले सबै स्वास्थ्यकेन्द्रमा ल्याव र विशेषज्ञ चिकित्सक राख्ने तयारी गरेको छ ।

गुल्मी जिल्लाको क्षेत्र नं १ अन्र्तगत रहेको शान्तिपुर स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवाको उद्घाटन गर्दै सामाजीक विकासमन्त्री सुदर्शन बरालले नागरिकलाई मौलिक हकको उपभोग गराउने उदेश्यका साथ सबै स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु गरिने बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्यमा विशेषज्ञ सेवा शहरमा मात्र केन्द्रित रहेकोले सबै स्वास्थ्य केन्द्रमा विस्तार गर्ने भन्दै चिकित्सक शहरमुखी हुँदा गाउँका जनताले महगो स्वास्थ्य सेवा लिन बाध्य भएको बताए ।

मन्त्री बरालले सबै स्वास्थ्यचौकीमा ल्याव अनिर्वाय गराउने र एक जना विशेषज्ञ चिकित्सकलाई सेवा दिन राख्ने व्यवस्था मिलाउने उल्लेख पनि गरे । स्वास्थ्य सेवा गरिब दुखिको पहुच भन्दा माथि रहेको वताउदै मन्त्री बरालले सबैको पहुचमा स्वास्थ्य सेवा हुने तरिकाले प्रदेश सरकार लागेको जानकारी दिए । 

अस्पतालमा सेवा बिस्तार संगै गाउँ पालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागी करार र डा. र स्टाफ नर्स नियुक्ति गरेको छ । भरत थापाको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीको स्वागत कार्यक्रममा सम्पन्न भएको थियो ।

गाउँपालिका का स्वास्थ्य संयोजक प्रकास शर्मा को सन्चालन रहेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ५ नं. प्रदेश समितिका सदस्य युवराज केसि नवनियुक्त डा. सरिता ढकाल लगायत को उपस्थिति रहेको थियो ।

शान्तीपुर स्वास्थ्य केन्द्रबाट दिव्रुङ्ग विशुखर्क हर्राचौर शान्तिपुर ग्वाघा हरेवा रुपाकोट तुराङ्ग का साथै वाग्लुङको वरेङ गाउँपालिका का वडाहरुको जनाताले सेवा लिने गरेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

Last modified on 2019-11-27 07:56:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts