मेडिकल विद्यार्थीको आन्दोलन थप जटिल बन्दै, परीक्षा बहिस्कार गर्ने

काठमाडौं, ९ मंसिर । कलेजले शुल्क बढि लिएको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थीले परीक्षा बहिष्कार गर्ने भएका छन् ।
यूनिर्भसल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीले माग पुरा भएको एक महिनासम्म परीक्षा सामेल हुन नसक्ने भन्दै त्रि वि अन्तर्गतको कुनैपनि शैक्षिक कार्यक्रमा सहभागि नहुने जनाएका छ । कलेजमा अध्ययनरत पहिलो र दोस्रो वर्षका विद्यार्थिले त्रासपूर्ण अवस्थामा परीक्षा दिन नसक्ने भन्दै विज्ञप्ति जारी गरेका छन् । साथै कलेजको पठनपाठन पूर्ण रुपमा बन्द रहेको तर प्रशासन मौन रहेको भन्दै अझै आन्दोलमा जाने जनाएका छन् ।
मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क र्फित गर्न सरकारले तोकेको समय सिमा आइतवार सकिएको छ । आज सरकार पक्ष र मेडिकल कलेज संञ्चालक विच शिक्षा मन्त्रालयमा छलफल हुने भएको छ ।
Last modified on 2019-11-26 05:47:57