सडक दुर्घटनामा परी डा. प्रभु जोशीको मृत्यु

काठमाडौं, ८ । आइतवार बिहान सडक दुर्घटनामा परि सिभिल अस्पताल तथा इसान बाल तथा महिला अस्पतालमा कार्यरत डा. प्रभु जोशीको मृत्यु भएको छ। मर्निङवाकमा निस्केका ७२ वर्षीय डा. जोशीलाई संसद भवनको दक्षिण गेटमा गाडीले ठक्कर दिएको बानेश्वर प्रहरी वृत तिनकुनेले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको हो । जोशीलाई ठक्कर दिने सवारीसाधनलाई सिसिटिभी फुटेजका आधारमा खोजी भइरहेको महानगरीय प्रहरी वृत्त तीनकुनेका इन्सपेक्टर दीर्घ बोगटीले जानकारी दिए ।
Last modified on 2019-11-24 12:24:40