रुकुम पूर्व जिल्ला अस्पताल मुख्यमन्त्रीद्वारा उद्दघाटन



Download our app to get more features

रुपन्देही, ७ मंसिर । प्रदेश नं. ५ को रुकुम (पूर्व) मा जिल्ला अस्पतालको मुख्यमन्त्री शंकल पोखरेलले उद्दघाटन गरेका छन् ।

उद्दघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अब रुकुम पूर्वका स्थानीय स्वास्थ्य सेवाबाट बञ्चित नहुने बताए । जिल्लाबासी समान्य उपचारको लागि बाहिर जिल्लामा जाने गरेको बताउदै उनले अबका दिनमा जिल्लामा नै जटिल प्रकृतीको रोगको उपचार पाउने उल्लेख गरे ।
 
जनताले स्वास्थ्य सेवा शुलभ र सहज रुपमा लिन सकुन भनि सरकारले स्वास्थ्य बिमाको अवधारण ल्याएकोले अव स्वास्थ्य बिमा मार्फत जनताले स्वास्थ्य सेवामा शुलव र सहज रुपमा स्वास्थ्य सेवा पाउने वताए । मुख्यमन्त्री पोखरेले जिल्लालाई अग्रानिक जिल्ला बनाएर स्थानीयको पोषणमा ख्याल गर्न स्थानियतह हरुलाई आग्रह गरे ।

स्वास्थ्यचौकीको नाममा १४ रोपनि जग्गा रहेको र गाउँपालिकाले २१ रोपनि जग्गा दिएसगै ३५ रोपनि क्षेत्रफलमा अस्पतालका भौतिक पर्वाधार निर्माण गरिने भएको छ । जिल्ला अस्पताल ५० सैयाको हुने प्रतिनिधिसभा सदस्य कमला रोकाले वताईन । संघिय र प्रदेश सरकारको संयुक्त पहल, लगानि र निर्णयमा अस्पताल बनेको उनको भनाइ छ  । 

जिल्ला समन्वय समिति गजेन्द्र बहादुर ओलीको अध्यक्षतामा भएको उद्दघाटनमा पूर्व आपुर्ति मन्त्री गणेशमान पुन, प्रदेश सभा सदस्य तेजबहादुर ओली, लगायतको आतिथ्यता रहेको थियो । नयाँ जिल्लाको मान्यता पाएको साढे दुई वर्षपछि जिल्ला अस्पताल उद्दघाटन भएको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts