मनोसामाजिक समस्या बारे अभिमुखिकरण तालिम, दस वर्षदेखि सडकमा बस्दै आएका मनोरोगीकोे उद्दार

धादिङ, ४ मंसिर । थाक्रे गाउँपालिकामा मनोसामाजिक समस्या सम्बन्धि एक अभिमुखिकरण तालिम सम्पन्न भएको छ । पालिकाका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, स्थानिय राजनीतिक दलका प्रतिनिधि लगायतका व्यक्तिहरुका लागि मनोसामाजिक समस्याका बिषयमा एक दिने अभिमुखिकरण तालिम दिइएको हो ।
मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको प्राविधिक सहयोग र थाक्रे गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त अभिमुखिकरण तालिमको सहजिकरण मनोबिद गोपाल ढकालले गरेका थिए । सोही कार्यक्रमका बिच दस बर्ष भन्दा लामो समय देखी सडकमा बस्दै आएका जनक नामका मनोरोगिको उद्दार समेत गरिएको छ । अभियान तथा गाउँपालिकाको पहलमा उद्दार गरिएका उनलाई हाल मनोरोग उपचार तथा पुनःस्थापना केन्द्रमा राखिएको छ ।
कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष राम कुमार आचार्यले आफ्नो ठाउँलाई सडक मानव मुक्त बनाउने जनाएका छन् । उपाध्यक्ष अम्बिका रुपाखेतिले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै लामो समय देखि जनकलाई उद्दार गर्ने आफ्नो योजना सफल भएकोमा खुशि व्यक्त गरिन् ।