रामेछापको मन्थलीमा ओम समाजको निःशुल्क दन्त परीक्षण शिविर



Download our app to get more features

काठमाडौं, २ मंसिर । ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३औं स्थापना दिवसको अवसरमा निःशुल्क दन्त परीक्षण शिविर आयोजना गरिएको छ । भीमेश्वर रुद्र मावि  चिसापानी रामेछाप मन्थलीमा ३० कात्तिकमा शिविर सम्पन्न भएको हो । 

शिविरमा ओम समाज डेन्टल हस्पिटलका वरिष्ठ डा. सुवासकुमार घिमिरे, डा. निशा थापा, डा. रोशन चौधरी, डा. निरज पौडेललगायतका चिकित्सक सहभागी थिए । शिविरमा मन्थली नगरपालिका मेयर रमेश कुमार बस्नेत, वाड़ा नम्बर ८ का अध्यक्ष राजकुमार श्रेष्ठ लगायतको पनि सहभागीता थियो ।

सो अवसरमा मन्थली नगरपालिका मेयर बस्नेतले ओम समाज डेन्टलले गरेको कामको प्रशंसा गरेका थिए । ओम समाज डेन्टल हस्पिटलका वरिष्ठ डाक्टर सुवासकुमार घिमिरेले हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका भित्र र बाहिरका विभिन्न स्थानमा निःशुल्क दन्त सिविर तथा दन्त स्वास्थमुलक कार्यक्रम गर्दै आएको बताए । डेन्टल हस्पिटलको पहुच भन्दा टाढा रहेका वस्तीमा दन्त स्वास्थसम्बन्धी चेतना फैलाउन पाएको खुसी मिलेको बताए । शिविरमा उपस्थित सेवग्राहीले घर आगनमै दातको उपचार पाएकोमा खुशी व्यक्त गरेका थिए । 

Last modified on 2019-11-18 15:32:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts