अवैध शुल्क फिर्ता नगरेको भन्दै ३ मेडिकल कलेजमाथि छानविन सुरु



Download our app to get more features

काठमाडौं, २ मंसिर । राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनपछि ३ वटा मेडिकल कलेजमाथि छानबिन सुरु भएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको प्रतिवेदन अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन मेडिकल कलेजमा छापा मारको छ । सरकारले ताेकेभन्दा बढि शुल्क लिएकाे पुष्टि हुँदा समेत रकम फिर्ता गर्न अटेर गर्दै अाएका मेडिकल कलेजमाथि छानविन सुरु भएकाे हाे ।

शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रले बुझाएको प्रतिवेदनअनुसार १२ वटा मेडिकल कलेजलाई छानबिनको लागि भनिएकाे थियाे ।

विभागले नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज तथा  कलेजका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । 

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी एवं सहायक प्रवक्ता डालनाथ अर्यालका अनुसार केन्द्रले १२ वटा मेडिकल कलेजमाथि छानबिनका लागि विभागलाई प्रतिवेदन बुझाएको छ ।

कलेजहरुले शैक्षिक शुल्कको नाममा लाखौं रकम लिएर विद्यार्थी र अभिभावकलाई ठगेको र सरकारले शुल्क फिर्ता गर्न निर्देशन दिएपनि अटेरी गरेको भन्दै युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, किष्ट मेडिकल कलेज ललितपुर, देवदह मेडिकल कलेज देवदह लगायतलाई छानबिन गर्नका लागि केन्द्रले प्रतिवेदन बुझाएको थियो ।

Last modified on 2019-11-19 05:55:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts