चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि चार जना सिफारिस



Download our app to get more features

काठमाडौं, १ मंसिर । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि प्रधानमन्त्रीका निजी चिकित्सक सहित चार जनाको नाम सिफारिस भएको छ ।

आयोगमा चार जना निर्देशक रहने व्यवस्था छ ।  स्रोतका अनुसार वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा, डा. रमेश आचार्य, डा. आरपी शाह र डा. शंगरत्न बज्राचार्यको नाम सिफारिस गरिएको हो। डा. शर्मा प्रधानमन्त्रीका निजी चिकित्सक हुन् । उनले केहि हप्ता अगाडि मात्र नेपाल मेडिकल काउन्सिलको रजिष्टारबाट अवकास पाएका हुन् ।

राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाको नेतृत्वमा बनेको निर्देशक सिफारिस समितिले ४ जनाको नाम निर्देशकका लागि सिफारिस गरेको हो । निर्देशकका लागि २६ जनाले आवेदन दिएका थिए ।

Last modified on 2019-11-17 14:46:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts