नेपाल नर्सिङ काउन्सिलले लिएको लाईसेन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १ मंसिर । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २३ औँ नाम दर्ता (लाईसेन्स) परीक्षामा ५२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।
काउन्सिलले लिएको परीक्षामा एक हजार ७ सय विद्यार्थी सहभागी रहेका थिए । त्यसमध्ये एक हजार ५४ जना विद्यार्थी मात्र पास भएका छन् भने ६ सय ४६ विद्यार्थी फेल भएका छन् । काउन्सिलले नतीजा www.nnc.org.np गएर हेर्न सकिने जनाएको छ ।
त्यसैगरी फेल भएका विद्यार्थिले पुनर्याेगको लागि दर्ता प्रमाण पत्र परीक्षाको नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र निदेवन दिन सक्ने पनि परिषद्ले जनाएको छ ।
Last modified on 2019-11-19 05:54:41