नेपाल अप्टोमेट्री स्टुडेन्ड्स सोसाइटीको प्राविधिक सहयोगमा फिलोसोफिस्का नेपालमा निःशुल्क आँखा शिविर



Download our app to get more features

काठमाडौं, २९ कात्तिक । त्रिभुवन शिक्षण अस्पतालको दृष्टि विशेषज्ञहरुले फिलोसोफिस्का नेपालका बालबालिकाको निः शुल्क आँखा शिविरको आयोजना गरेको छ ।

अनाथ बालबालिकाहरुको रेखदेख गर्दै आएको र कक्षा ४ सम्म अध्यापन गर्दै आएको फिलोसोफिस्का नेपालका ४६ जना बालबालिकाहरुको नेपाल अप्टोमेट्री स्टुडेन्ड्स सोसाइटीको प्राविधिक सहयोगमा दृष्टि जाँच गरिएको फिलोसोफिस्का नेपालका कोर्डिनेटर अशोकराज पाण्डेले बताए । 

शिक्षण अस्पतालका इन्टर्नसिप गरिरहेका सुरज थापामगर, अमित पौडेल, विपिन कोइराला, प्रजिता खड्का र अशि गुप्ता लगायतले दृष्टि जाँच गरेका थिए । दृष्टि जाँचको क्रममा ९ जना बालबालिकामा समस्या देखिएको थियो ।

कोर्डिनेटर पाण्डेका अनुसार समस्या देखिएका बालबालिकाहरुको थप उपचार शिक्षण अस्पतालमै गरिनेछ ।

संस्थाका अध्यक्ष डा. राजेन्द्र केसीले बच्चाहरुलाई सहयोग गर्न पाउँदा निकै गौरवान्तित महसुस भएको सुनाए । समाजका विभिन्न तह र तप्काको सहयोगले संस्था चलेको र आगामी दिनमा पनि सहयोग पाईरहने अपेक्षा गरिएको उनले सनुाए ।

२०६९ सालमा स्थापना भएको फिलोसोफिस्का नेपालले सडक बालबालिका र अभिभावकबिहिन अनाथ बालबालिकाहरुको निःशुल्क अध्यापन, रेखदेख र नियमित स्वास्थ्य जाँच गराउँदै आएको छ । 

Last modified on 2019-11-16 10:38:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts