आज विश्व मधुमेह दिवस, अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

What's This?


Download our app to get more features

काठमाडौं, २८ कात्तिक । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका आज निः शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दैछ ।
 
विहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ । अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो ।
 
शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निःशुल्क औषधि वितरण र २८ दिनभित्र एक पल्ट निःशुल्क फलोअप हो । 

शिविर आयोजना अघि अल्का अस्पतालले आज बिहान सचेतनामुलुक र्याली निकालेको छ । र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदैँ कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुनः अस्पताल परिसरमा नै आएर टुंगिएको थियो । 

काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरका वरिष्ठ चिकित्सक अंशुमाली जोशीले मधुमेहलाई वेवास्ता नगर्न आग्रह गरेका छन् । उनले खानपान र नियमित व्यायाममा ध्यान दिने हो भने मधुमेह नियन्त्रण गर्न सकिने बताए । 

डा.जोशीले मधुमेहका बारेमा दिएका केहि सुझाव :

मधुमेहको लक्षणः
♦ खाना रुचेर पनि तौल घटदै जाने ।
♦ पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।
♦ मुख सुख्खा हुने, प्यास धेरै लाग्ने ।
♦ भोक बढी लाग्ने तर दुव्लाउदै जाने ।
♦ कमजोरी हुने र खुट्टाहरु झम्झमाउने ।
♦ खुट्टाहरु पोल्ने ।
♦ पिसावमा कमिलाहरु देखिने ।
♦ घाउहरु छिटो निको नहुने ।

कसरी बच्ने :
♦ हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने। 

♦ मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने।  

♦ सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा (आलु, गुलियो चिल्लो फ्याट बढी हुने) चिजहरुको कम सेवन गर्नु राम्रो ।

♦ व्यायम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने। 

♦  दिनमा कम्तिमा आधा घण्टा हिड्ने ।

Last modified on 2019-11-14 15:15:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts