पाँच वर्षमुनिका १६ प्रतिशत बालबालिकाको मृत्युको कारण निमोनिया



Download our app to get more features

काठमाडौं, २७ कात्तिक । विश्व स्वास्थ्य संगठनका अनुसार पाँच वर्षमुनिका १६ प्रतिशत बालबालिकाको मृत्युको कारण निमोनिया रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

विश्व निमोनिया दिवसको भोलिपल्ट राजधानीमा महाशाखाले आयोजना गरेको कार्यक्रममा यो जानकारी दिइएको हो । महाशाखाका अनुसार १ प्रतिशत बालबालिका अझै कुनै न कुनै खोपको पहुँचबाहिर रहेका छन् । सरकारले बाल स्वास्थ्यको लागि जम्मा ४ अर्ब बजेट छुट्याएको छ । सरकारले निमोनियाका कारण हुने मृत्युदर पनि घट्दै गएको जनाएको छ ।

निमोनियाका कारण हुने मृत्युदर घटाउनका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको महाशाखाले जनाएको छ । जस अन्तगर्त बैशाख महिनालाई पूर्ण खोप महिना घोषणा गर्ने र त्यस अवधिभर खोपको पँहुच बाहिर रहेका बालबालिकालाई खोजेर खोप लगाउने गरेको पनि महाशाखाले जनाएको छ । साथै अन्य सुक्ष्म योजनाहरु पनि रहेको महाशाखाले जनाएको छ । पूर्ण खोपको अभियान निरन्तर रहेको महाशाखाले जनाएको छ । यो अभियान स्थानीय तहको वडा देखि पालिका, हुदै जिल्लाहरुमा समेत छ । महाशाखाले विस्तारै सबै जिल्ला र पालिकालाई पूर्ण खोप घोषणा गर्ने तरिकाले काम गरिरहेको महाशाखाले जनाएको छ ।

Last modified on 2019-11-14 15:15:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts