निदान अस्पतालका सिइओ प्रधान सहित ५ जना जेल चलान 



Download our app to get more features

काठमाडौं, २७ कात्तिक । ललितपुर जिल्ला अदालतले निदान अस्पतालका सिइओ विपेन्द्र प्रधान सहित ५ जनालाई जेल चलान गरेको छ । मिर्गाैला तस्कर गरेको आरोपमा सिइओ प्रधान सहित अस्पतालका  डा राजेश पन्त ,कानुनी सल्लाहाकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरलाल लामालाई पूर्पक्षका लागि जेल चलान गरिएको हो । 

प्रहरीले गत २९ असोजमा मिर्गाैला तस्करीको आरोपमा उनीहरुलाई प्रकाउ गरेको थियो । 

एसपी गोविन्द थपलियाले उनिहरुलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको जानकारी दिए। उनीहरु माथि गतल नाता देखाइ मिर्गाैला प्रत्यारोपण गरेको आरोप लागेको छ । 
 

Last modified on 2019-11-14 15:13:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts