डेन्टल एसोसिएसनको २०औं राष्ट्रिय सम्मेलन २९ कात्तिकदेखि रुपन्देहीमा



Download our app to get more features

रुपन्देही २७ कात्तिक । २९ कात्तिकदेखि नेपाल डेन्टल एसोसिएसनको २०औं राष्ट्रिय सम्मेलन रुपन्देहीमा हुने भएको छ ।

सम्मेलन दुई दिन चल्ने आयोजक संस्थाका अध्यक्ष प्राडा हेमन्त कुमार हलुवाईले बताए ।२९ र ३० कात्तिकमा हुने उक्त सम्मेलनको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने भएका छन ।

नेपाल र नेपालभन्दा बाहिरबाट गरी ३ सय दन्त चिकित्सकको सहभागिता रहने अध्यक्ष हलुवाईले बताए। दन्त चिकित्सकहरुबीच विचार विमर्श, अनुभव आदानप्रदान, नयाँनयाँ अत्याधुनिक प्रविधिको प्रयोग प्रदर्शन एवं अन्तरक्रियाद्वारा दन्त चिकित्सा सम्बन्धि ज्ञान र सीपलाई अभिवृद्धि गर्नु सम्मेलनको मुख्य उद्धेश्य रहेको डा हलुवाईले जानकारी दिए ।

कार्यक्रममा दन्त चिकित्सा सम्बन्धि अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थहरुको बृहत प्रर्दशनी हुनेछ, उनले भने, ‘दन्त चिकित्सामा प्रयोग हुने नविन प्रविधि, यन्त्र, उपकरण र औषधिजन्य पदार्थ अत्यन्त सुलभ दरमा उपलब्ध समेत हुनेछ।’सम्मेलनमा ६४ वटा कार्यपत्र प्रस्तुत हुनेछन्।

लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरि बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धारलाई सम्मेलनको लागि उपयुक्त स्थान छनोट गरिएको आयोजक संस्थाका सचिव डा कलित राज जोशीले बताए।

Last modified on 2019-11-13 15:50:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts