डा.केसीले भारतसँगको सीमा विवादको विषयलाई लिएर अनसन स्थगित गरेकोमा एनएमएद्वारा सम्मान

काठमाडौं, २७ कात्तिक । नेपाल चिकित्सक संघले डा.गोविन्द केसीले भारतसँगको सीमा विवादको विषयलाई लिएर अनसन स्थगित गरेकोमा खुशी व्यक्त गरेको छ ।
कालापानी तथा लिपुलेकको सीमानामा भारतले हस्तक्षेप गरेको विरुद्धमा ऐक्यबद्धताका साथै सबैले मिलेर सामना गर्नुपर्ने भएको हुनाले डा. केसीले आफ्नो १७ औँ सत्याग्रहलाई स्थगित गरेकोमा संघले खुसी व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
देशलाई परेको आपतकालीन अवस्थालाई ध्यानमा राख्दै यस्तो प्रकारको निर्णय गरेकोमा डा.केसीप्रति सम्मान व्यक्त गर्दै नेपाल सरकारले उनले उठाएका जायज मागहरुलाई यथाशिघ्र सम्बोधन गर्दै भावी दिनमा आमरण अनसन जस्तो सत्याग्रहलाई ननिम्त्याउन समेत नेपाल चिकित्सक संघले आग्रह गरेको छ ।