नीजि अस्पतालले आवश्यकता भन्दा बढी शुल्क लिएको विषयमा प्रदेश ५ ले अनुगमन गर्ने



Download our app to get more features

रुपन्देही, २७ कात्तिक । प्रदेश नम्बर ५ सरकारले नीजि अस्पतालले आवश्यकता भन्दा बढी शुल्क लिने गरेको विषयमा अनुगमन गर्ने भएको छ । 

प्रदेश ५ का सामाजीक विकासमन्त्री सुदर्शन बरालले निजी क्षेत्रका अस्पताले आर्थिक पक्षलाई भन्दा स्वास्थ्य सेवालाई प्राथामिकतामा राखेर काम गर्नु पर्नेमा बिरामीसँग मोटो रकम लिने गरेको बताए । उनले बिरामी निजी अस्पतालमा उपचारका लागि जादा उपचारभन्दा आर्थिक पक्षलाई जोड दिएको पाईएकोले तिनिहरुको अनुगमन, निलम्बन र कारबाही गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिए ।  

प्रदेशमा ४ बटा मेडिकल कलेज रहेकोले त्यहा उत्पादिन जनशक्तीलाई कलेजहरुको समन्य गरेर चिकित्सक बिहीन क्षेत्रमा  काम गर्न लगाउने गरि  छलफल गर्ने बताए । त्यहा उत्पादिन जनशक्तीहरु शहर केन्द्रित हुने र गाउँ नजाने भएकोले उनीहरुलाई गाउँ गाउँमा लैजाने र चिकित्सकबाट सेवा दिने बताए ।

उनले भारतिय सिमाक्षेत्रबाट नेपालमा उपचार गराउन आउने बिरामीलाई सेवा दिन सकिने तर, सुविधा दिन नसकिने समेत बताएका छन् ।

स्वास्थ्य निर्देशनालयको आयोजनामा भएकोे प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी समापनमा बोल्दै मन्त्री बरालले भारतिय सिमाना संग जोडीएका क्षेत्रबाट नेपालमा सुत्केरी हुन आउने महिला तथा उपचारमा आउने, बालबालिकाहरुलाई सेवा दिने बताए । 

प्रदेश नं. ५ मा तराईका ६ जिल्लासँग सिमाना जोडिएका छन् त्यहाबाट उपचार गराउन आउनेको संख्या उल्लेखनीय छ । कार्यक्रममा बोल्दै उनले प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरु डाईरग्नोसीस भन्दा उपचारमा बढी केन्द्रीत भएको बताए । 

सबै अस्पतालमा एउटै रोग देखिएकोले के कारणले भएको हो पत्ता लगाउने तर्फ ध्यान दिनु पर्ने भन्दै उनले निजि क्षेत्रसंग  प्रतिस्पर्धा गर्नको लागी पनि सरकारी अस्पतालले आर्थिक श्रोत खोज्नुपर्ने र चिकित्सक देखी सबै स्वास्थ्य कर्मिलाई ईन्सेन्टीपको व्यवस्था गर्नु पर्ने उल्लेख गरे । 

उनले सबै अस्पतालले उपचारमा आएका बिरामीको  रेकर्डराख्ने र कुन बढी आएका छन् रिर्सच गर्नु पर्ने र जनस्वास्थ्यमा यस्ता काम गर्नको लागी बजेट अभाव नहुने प िबताए । 

मन्त्रीबरालले स्वास्थ्य क्षेत्रमा कार्यरत एनजीओहरुलाई एउटाले  एक अस्पताललाई नमुना बनाईदिएर देखाउन आग्रह गरे ।यसरी नमुना काम गरेर देखाएपछि दुबै पक्षलाई फाईदा हुने र कामको मुल्याकन प्रदेश सरकार सामाजीक बिकास मन्त्रालयले गर्ने बताए ।  

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणि भन्डारीले स्वास्थ्य संस्थाको बोड फेरीएपनि उनीहरुको अबस्था उस्तै रहेको बताएका छन । हतारमा  हस्तान्तण गर्दा यस्तो भएको बताउदै प्रदेश स्थानिय संघिय सरकार सबै सहकार्यमा सेवा बिस्तार गर्नुपर्ने बताए । भण्डारीले स्वास्थ्यमा एक वर्षमा राम्रा काम भएपनि कर्मचारी समायोजनले ति कामलार्ई ढाकेको वताउदैे स्वास्थ्य प्रणाली सुधार गर्न जरुरी भएको बताए ।

राष्ट्रिय क्षयरोग केन्द्रका  निर्देशक डा. सागरराज भण्डारीले अरु प्रदेश भन्दा प्रदेश नम्बर ५ मा क्षयरोगको अवस्था राम्रो रहेको बताए । डा. भण्डारीले लुम्बिनी प्रादेशीक अस्पतालमा रहेको टिबि उपचार केन्द्र नेपालको नमुना भएको बताए । उनले नेपालमा दैनिक १८ देखि २२ जना टिबिका बिरामीको मृत्यु हुने गरेको बताए ।

कार्तिक २४ गते देखी सुरु भएको समिक्षा प्रदेश ५ का १२ वटै जिल्ला अस्पताल का स्वास्थ्य शाखा कार्यालय आयुर्बेद अस्पताललगायका क्षेत्रका प्रमुख  तथा प्रतिनिधिहरुका सहभागिता रहेको थियो ।

Last modified on 2019-11-14 15:14:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts