डा.केसीको स्वास्थ्यप्रति गम्भीर हुन सरकारलाई एनएमए पूर्व अध्यक्ष केसीको आग्रह

काठमाडौं, २६ कात्तिक । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष केदार नरसिंह केसीले अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकार गम्भिर बन्नुपर्ने बताएका छन् ।
स्वास्थ्य सेवा जस्तो संवदेनशिल क्षेत्रमा गुणस्तरीय चिकित्सा शिक्षा र सर्व सुलभ स्वास्थ्य सेवामा सबै नागरिकहरुको पहुँच हुनु पर्छ भन्ने उद्देश्यका साथ १७ औं पटकसम्म आमरण अनसन बस्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुनु आफैमा दुर्भाग्यपूर्ण विषय रहेको भन्दै उनले डा.केसीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।
सबै नागरिकहरुसम्म आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्नु राज्यको दायित्व भएता पनि सरकार आफैले गरेका सहमतिहरुको पालना नगर्नु गम्भीर आपत्तिको विषय भएको उनले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वास्थ्य क्षेत्रको दीगो विकासका लागि नीजि मेडिकल कलेजहरुसँगको सहकार्य, स्तरोन्नती, नियमित अनुगमन तथा हाल देखा परेका विकृति विसंगतीहरुको अन्त्यका लागि समेत नेपाल सरकारले ठोस कदम अगाडी बढाउँर्दै सबै सरोकारवाला समुहहरुसंग डा गोविन्द केसीको जीवन रक्षा निम्ति वार्ता गर्नु अनिवार्य रहेको उल्लेख गर्दै उनको जीवन रक्षार्थ सरकारले संवादको वातावरण अभिलम्भ तयार गरी डा. के.सी.को स्वास्थ्यप्रति संवेदनशिल हुन पनि विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।