विद्यार्थीसँग अवैध रुपमा लिएको शुल्क १५ दिनभित्र फिर्ता गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

काठमाडौं, २५ कात्तिक । मेडिकल शिक्षा अध्यनरत विद्यार्थीबाट अवैध रुपमा लिएको बढी शुल्क १५ दिनभित्र फिर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेडिकल कलेजलाई अल्टिमेटम दिएको छ।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यस्तो अल्टिमेटम दिएका हुन् ।
कार्यक्रममा मन्त्री पोखरेलले विद्यार्थीका माग सम्बोधन नगरे मेडिकल कलेजहरुलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र समेत पठाइसकेको जानकारी दिए । शिक्षामन्त्री पोखरेलले भने, ‘१५ दिनभित्र फिर्ता नगरे गृहले आवश्यक कारबाही थाल्छ ।’