डाक्टर केसीलाई काठमाडौं ल्याइँदै



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । डडेल्धुराबाट आफ्नो १७ औं अनसन सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याउने तयारी भएको छ ।

अनसनको आज आठौं दिनमा आइपुग्दा उनको स्वास्थ्य निकै गम्भिर बनेपछि काठमाडौं ल्याउने तयारी भएको अस्पतालले जनाएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ५ औं दिनमा अस्पताल सारिएको थियो ।
 
डाक्टर केसीको ज्यान जोखिममा भएकाले अस्पतालले स्थानान्तरण गर्न भन्दै विज्ञप्ति निकालेको थियो ।

‘उनको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको छ’ अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले भने ‘अब पनि उनलाई काठमाण्डौ लगिएन भने उनको ज्याने जाने खतरा छ ।’
 
उनलाई काठमाडौं लैजनाका लागी नेपाली सेनाको हेलिकप्टर डडेलधुरा पुगेको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार उनलाई काठमाडौं लैजान सेनाको हेलिकप्टर दह व्यारेगका ल्यान्ड समेत गरिसकेको छ । तर, डाक्टर केसीले डडेल्धुरा नछोड्ने अडान लिएका छन् ।

Last modified on 2019-11-14 15:18:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts